रन्जित तामाङको ओलीलाई आग्रहः ‘तपाईं जित्नुहुन्न, मलाई सहयोग गर्नुस्’

काठमाडौं । झापा–५ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी शर्मा ओलीलाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

शनिबार निर्वाचन क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा तामाङले ओलीलाई लक्षित गर्दै भने, ‘जोसुकैले सहयोग गरे पनि तपाईं (ओली) ले चुनाव जित्नुहुन्न । त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईंले हामीलाई सहयोग गर्नुपर्छ ।’

उनले नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभिन ओलीलाई सुझावसमेत दिए । ‘हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहौल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरूले गठबन्धनको नाममा फैलाएका तथ्यहीन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं,’ तामाङले भने ।

यसैगरी तामाङले ओली र बालेन शाह समूहले आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । सत्ता र शक्तिको आडमा बजेट, योजना तथा विभिन्न प्रलोभनमार्फत निर्वाचन परिणाम प्रभावित गर्न खोजिएको भन्दै उनले त्यस्ता गतिविधि तत्काल रोक्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =