सिंगापुरमा देउवाको स्वास्थ्य परीक्षण सुरु, चुनावअघि फर्किने विषय अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिंगापुरमा स्वास्थ्य परीक्षण सुरु भएको छ । प्रेसर बढेपछि उनी १३ फागुनको मध्यरात उपचारका लागि सिंगापुर गएका थिए ।

२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन तय भएकाले देउवा चुनावअघि स्वदेश फर्किन्छन् कि फर्कँदैनन् भन्ने विषयमा चासो बढेको छ । तर उनी कहिले नेपाल फर्कने भन्नेबारे अहिलेसम्म टुंगो लागेको छैन ।

देउवाको उपचार जारी रहेकाले चिकित्सकको सल्लाहअनुसार नै नेपाल फर्कने कांग्रेस नेता कृष्ण पौडेलले जानकारी दिए । ‘भर्खरै मेरो कुरा भएको छ । आज रगत परीक्षण गर्न दिइएको छ । रिपोर्ट आउन दुई दिन लाग्छ भन्ने छ,’ उनले भने ।

उनका अनुसार सकेसम्म देउवा चुनावअघि स्वदेश फर्कने प्रयासमा छन् । ‘सकभर चुनावअघि देश फर्कनुहुन्छ र स्वास्थ्यले साथ दियो भने मतदानमा पनि सहभागी हुनुहुन्छ,’ पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =