आयोगको लक्ष्य- साँझदेखि मतगणना सुरु हुने, छिटो नतिजा सार्वजनिक गर्ने

काठमाडौँ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना सुरु गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् ।

निर्वाचन आयोगले मतदान सम्पन्न भए लगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीव्र पारेको उनले बताए । प्रवक्ता भट्टराईकारअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनु पूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनु भयो । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारे ।

उनले भने ‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदान पश्चात् मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ । हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ । त्यो बाहेक मतगणनाकै बेलामा पनि त्यसको लागि नेसेसरी एरेन्जमेन्ट मतदानको दिन भन्दा पहिले नै आवश्यक एरेन्जमेन्ट मिलाएर राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणना मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने र त्यही गन्ने कामलाई पनि छिटोछिटो बनाउने । मैले यहाँ नेर तीन वटा कुरामा फोकस गरेँ । फेरि दोहो¥याएर भन्न चाहन्छु । मतपेटिका सङ्कलनको समय घटाउने, अनि मतदान पश्चात् त्यसै दिन मतपेटिका सङ्कलनको समय घटिसकेपछि त्यसै दिन बेलुकीबाट मतगणना गर्ने कामलाई प्राथमिकतामा राख्ने र मतगणना काम गर्ने काम पनि त्यसलाई अलि छिटोछरितो बनाउने । त्यो हिसाबले काम गर्दाखेरि यो नतिजा घोषणाको समय छोट्याउन सकिन्छ भन्ने मान्यताका साथ हामीले त्यो कुरा बोलेका हौँ । आयोगबाट त्यो कुरा मान्यज्युहरूले बोल्नुभएको हो । त्यसैले कतिपय ठाउँमा आउन आउन सक्ने लोकल्ली आउन सक्ने अप्ठ्याराहरूलाई त हामीले अहिले नै आँकलन गर्न सक्दैनौँ । तर पनि नर्मल्ली यति समयमा हामी सक्न क्छौँ भन्ने हिसाबले आयोगले गुड इन्टेन्सनबाट छिटो नतिजा सार्वजनिक गर्न सकियो भने त्यसले मतदाताको जुन प्रतीक्षा गर्ने व्यग्रतालाई त्यो समयलाई छोट्याउन सक्छ भन्ने हिसाबमा यो कुरा प्रोजेक्सन गरिएको हो । कतै कतै स्थानीय तहमा त्यस्तो कतै ढिलो हुने भयो भने त्यतिबेला यहाँहरूले जानकारी नै पाउनुहुनेछ । तर आयोगले लक्ष्य राख्दाखेरि यसको अप्टिमम काम कसरी गर्न सकिन्छ भन्ने हिसाबले लक्ष्य राख्नु आफैँमा नकारात्मक कुरा होइन ।’

स्थानीय स्तरमा आउन सक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =