नेपाली काँग्रेसले देशलाई बदल्न चाहेको छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरूलाई दुस्मनीको रूपमा लिन नहुने समेत बताए । निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुस्मनको व्यवहार गर्न नहुने उनको भनाई थियो ।

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए ।

उनले भने ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली काँग्रेस पार्टीले सङ्कल्प गरेको छ–हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुस्मन छैनन् । आज हामी जो प्रतिस्पर्धामा छौँ । यी दलहरू भोली सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरूको मञ्चबाट गाली होइन, प्रेमलाई सम्प्रेषण गरौँ । निर्वाचनको मैदान दुस्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो ।’

उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रूपमा लिने काम पनि गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =