धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दीप्रत्यक्षीकरणमा उक्त आदेश जारी गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । पक्राउपछि उनको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो ।

बास्तोलाको तर्फबाट शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलगायतलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =