जलेको निजी निवास हेर्न पुगिन् पूर्व राष्ट्रपति भण्डारी 

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेको जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् ।

बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्व राष्ट्रपति भण्डारीले जलेको निवासका संरचनाको अवलोकन गरेकी हुन् ।

भदौ २४ गतेको आन्दोलनमा आन्दोलनकारीले सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए । निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =