बढ्यो सुनको मूल्य
२०८२ फागुन १४ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको ३ लाख १४ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ५७२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५७१५ मा कारोबार भएको थियो ।
२०८२ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित










