गगनलाई रविको कटाक्ष: ‘काठमाडौंबाट आएर मधेसको बेटा भन्ने प्रयास रोक्नुपर्छ’
२०८२ फागुन १३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौंबाट आएर मधेसको बेटा भएको दाबी गर्ने प्रयासलाई रोक्नुपर्ने बताएका छन् ।
सर्लाही–४ निर्वाचन क्षेत्रमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । काठमाडौंबाट आएर मधेसको बेटा हुँ भन्ने एउटा ठाउँ लिने प्रयास भएको छ, ठाउँको ठाउँ रोक्नुपर्छ,’ लामिछानेले भने ।
यस क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंह उम्मेदवार छन् भने नेपाली कांग्रेसका तर्फबाट गगन थापा प्रतिस्पर्धामा रहेका छन् ।
२०८२ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








