राष्ट्रिय सभालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ: उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाललाई चुनौतीपूर्ण तर उपलब्धिमूलक रहेको बताएकी छन् ।

फागुन २० गतेदेखि बिदा हुन लाग्नुभएकी घिमिरेले संसदको गरिमा बचाउन र संघीयता कार्यान्वयनमा राष्ट्रिय सभाले खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गरिन् । राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरेको ६ वर्षे कार्यकाल यही फागुन २० गते सकिँदैछ । आफ्नो कार्यकाल पूरा गरी बिदा हुने क्रममा उहाँले संसद्मा बिताएका अनुभव, राष्ट्रिय सभाको गरिमा, कानून निर्माणका चुनौती र महिला नेतृत्वका विषयमा आफ्ना धारणा राखिन् ।

राजनीतिक पृष्ठभूमिबाट आएकी घिमिरेले बाहिर घण्टौं भाषण गर्ने अभ्यास भएपनि संसदमा निश्चित समयमा रहेर धारणा राख्नुपर्ने बताइन् । त्यसले समयको महत्व सिकाउने उनको भनाइ छ ।

संसद्मा आफ्नो पहिलो सम्बोधनको अनुभव सुनाउँदै उनले भनिन् ‘बाहिर घण्टौँ भाषण गर्ने अभ्यास थियो, तर संसद्मा निश्चित समयभित्र सीमित रहेर बोल्नुपर्ने कुरा शुरुमा निकै गाह्रो लाग्यो । थोरै समयमा धेरै कुरा भन्नुपर्ने अभ्यासले मलाई संसदीय मर्यादा र अनुशासन सिकाएको छ ।’

आफ्नो कार्यकालको ठूलो हिस्सा कोभिड–१९ महामारीका कारण प्रभावित भएको उनले बताइन् । ‘हामी निर्वाचित भएर आएको केही समयमै कोभिड शुरु भयो । दुई वर्षसम्म हामीले सोचेजस्तो संसदीय अभ्यास गर्न पाएनौँ’ उनले भनिन् ‘बजेट अधिवेशन र अन्य सत्रहरू पनि मापदण्ड पु¥याउनका लागि मात्र छोटो समय चलाउनुपर्ने बाध्यता थियो ।’

विधेयक निर्माणमा राष्ट्रिय सभाको सक्रियता

राष्ट्रिय सभाले विधेयकहरूलाई अड्काएर नराख्ने र सरकारलाई घच्घच्याउने काम गरेको घिमिरेको दाबी छ । ‘प्रतिनिधि सभामा मात्र विधेयक दर्ता गर्दा ढिलाइ हुने भएपछि हामीले दुवै सदनमा विधेयक दर्ता गर्ने अभ्यास शुरु ग¥यौँ । राष्ट्रिय सभामा ३८ वटाभन्दा बढी विधेयक दर्ता हुनु र समयमै पारित गरेर पठाउनु हाम्रो सफलता हो’ उनले भनिन् ।

उनले राष्ट्रिय सभाको नियमावलीमा विधेयक ६ महिनाभित्र र प्रतिनिधि सभाबाट आएका विधेयक ६० दिनभित्र टुङ्ग्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको समेत जानकारी दिए ।

राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध प्रतिनिधि सभाको तुलनामा बढी सौहाद्र्रपूर्ण रहेको उनले बताए । कानून आजको सत्तापक्षलाई मात्र नभइ भोलिको प्रतिपक्षलाई पनि चाहिन्छ भन्नेकुरा आफूहरुले स्थापित गरेको उनको भनाइ छ ।

‘हामी प्रतिपक्षमा हुँदा विरोध गरिरहँदा पनि विधेयक पास गर्न अवरोध गरेनौँ । कानून भनेको आजको सत्तापक्षलाई मात्र होइन, भोलि प्रतिपक्ष सत्तामा जाँदा पनि चाहिन्छ भन्ने कुरा हामीले स्थापित गरेका छौँ’ उनले भनिन् ।

मिडियालाई आग्रहः ‘चर्का कुरा होइन, तथ्यलाई प्राथमिकता दिनुहोस्’

राष्ट्रिय सभाका गतिविधिले सञ्चारमाध्यममा कम प्राथमिकता पाएकोमा उनले गुनासो गरिन् । पत्रकारहरूलाई आग्रह गर्दै उनले भनिन् ‘चर्का कुरा गर्ने, गाली गर्ने वा संसदीय मर्यादाबाहिर गएर बोलेका कुरालाई मात्र हेडलाइन नबनाउनुहोस् । कसले विषयवस्तुमा रहेर कामको कुरा गरेको छ, त्यसलाई पनि स्थान दिनुहोस् ।’

संसदको रेकर्डबाट हटाइएका शब्दहरूलाई मिडियाले झन बढी हाइलाइट गर्दा संसदीय गरिमामा आँच पुग्ने उनको तर्क छ ।

महिलाहरूलाई नेतृत्वमा हेर्ने सामाजिक दृष्टिकोण अझै पनि संकुचित रहेको उनले अनुभव सुनाए । ‘उपाध्यक्ष वा उपसभामुख पद महिलाकै लागि मात्र हो भन्ने सोच गलत छ । यो पदमा पुरुष पनि आउन सक्छन् । तर महिला बस्दा अधिकार छैन कि भनेर प्रश्न गरिन्छ’ उनले भनिन् ।

महिला सांसदहरूले बोल्दा हुने साना गल्तीलाई लिएर हतोत्साहित नगर्न पनि उनले आग्रह गरिन् ।

राष्ट्रिय सभाको आवश्यकता छैन भन्ने बहसलाई उनले खारेज गरिन् । राष्ट्रिय सभा संघीयताको प्रतिक भएको उनको भनाइ छ । महिला, दलित, अपाङ्गता भएका व्यक्ति र विज्ञहरूको प्रतिनिधित्व राष्ट्रिय सभामा रहेको बताइन् ।

‘राष्ट्रिय सभा संघीयताको प्रतीक हो । यहाँ महिला, दलित, अपाङ्गता भएका व्यक्ति र विज्ञहरूको प्रतिनिधित्व छ । प्रतिनिधि सभाले गरेका गल्ती सुधार्ने ठाउँ पनि यही हो । त्यसैले यसको संरचना र प्रतिनिधित्वको व्यवस्था उत्तम छ’ उनले स्पष्ट पारिन् ।

सभामा आफ्नो कार्यकाल सकिए पनि राजनीतिक यात्रा निरन्तर रहने उनले बताइन् । साथै, उनले उपाध्यक्ष र उपसभामुखको क्षेत्राधिकार विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

‘हामीले सबै प्रदेशका उपसभामुख र राष्ट्रिय सभाका पदाधिकारी मिलेर एउटा समझदारी गरेका छौँ । उपाध्यक्ष र उपसभामुखलाई संसदीय समितिको निगरानी गर्ने अधिकार दिनुपर्छ भन्ने हाम्रो माग छ, जसले गर्दा यो पद थप प्रभावकारी हुनेछ’ उनले भनिन् । उनले आगामी निर्वाचन सफल बनाउन सबैसँग आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =