सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौं । दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हिरासतबाट रिहा गरिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो । अदालतले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको हो ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

यसअघि निर्वाचन आयोगले प्रसाईं निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीले उनलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

मंगलबार नै रिहा गर्न आदेश जारी भए पनि कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा हुन नसकेकाले प्रसाईं आज मात्र हिरासत मुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =