धादिङ– १ मा निरन्जन संजेलद्वारा उम्मेदवारी फिर्ता, राजेन्द्र पाण्डेलाई समर्थन

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । उनले अब नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

बुधबार धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेका हुन् । कार्यक्रममा पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ ।

सभालाई सम्बोधन गर्दै संजेलले पाण्डे धादिङका विकासप्रेमी नेता मात्र नभई देशकै अभिभावक व्यक्तित्व भएको उल्लेख गरे । ‘धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ,’ उनले भने

यसअघि मंगलबार साँझ नै सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले बुधबारको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संजेलको समर्थनसँगै धादिङ क्षेत्र नं. १ मा पाण्डेको पक्षमा चुनावी माहोल थप बलियो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =