कैलाली–५ मा नागरिक उन्मुक्तिका उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली–५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

आफूले उठाउँदै आएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका विषयवस्तु मिलेकाले उनलाई समर्थन गर्न तयार भएको चौधरीले बताएका छन् । परिवर्तनका लागि सहकार्य आवश्यक ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको उनले स्पष्ट पारे ।

उनीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू तथा नेताहरू हरि रेग्मी र जशु भट्ट, साथै उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए ।

प्रवेश कार्यक्रममा बोल्दै चौधरीले भने, ‘मेरो एजेन्डा सुशासन, समावेशीता र विकास रहेको थियो, जुन रास्वपाका उम्मेदवारको पनि रहेको छ । परिवर्तनका लागि हामी एक ठाउँ आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ ।’

सोही कार्यक्रममा चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको उल्लेख गरे । ‘उहाँको आगमनले रास्वपा थप बलियो भएको महसुस गरेको छु,’ उनले भने ।

चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =