नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार नाघ्यो
२०८२ फागुन १२ गते

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको हो ।
त्यस्तै, आज सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । सोमबार प्रतिदश ग्राम २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।
चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो ।
२०८२ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित










