धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

विगतका सरकारले सडक यात्रा सुरक्षित बनाउन चासो लिएन : रवि लामिछाने

काठमाडौं । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा भएको ठुलो मानवीय क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गहिरो दुःख व्यक्त गरेका छन् । उनले  घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सडक यात्रालाई सुरक्षित बनाउनु राज्यको प्रमुख दायित्व भए पनि विगतमा यसतर्फ गम्भीर चासो नदिइएको बताएका छन् । उनले दुर्घटनाको निष्पक्ष र गम्भीर छानबिन गरी कारण पहिचान गरिनुपर्ने, दोषीमाथि कडा कारबाही हुनुपर्ने र भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन ठोस सुधारात्मक कदम चालिनुपर्नेमा जोड दिए । विगतमा यस्ता विषयमा आवश्यक गम्भीरता नदेखाइएको उनको ठम्याइ छ ।

लामिछानेले सुरक्षित सडक, जिम्मेवार चालक, नियमहरूको कडाइका साथ कार्यान्वयन र प्रभावकारी अनुगमन नै सडक दुर्घटना रोक्ने मुख्य आधार भएको उल्लेख गरे । उनले यी विषयमा आगामी दिनमा आफू र आफ्नो दल गम्भीर तथा जिम्मेवार भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =