धादिङ बस दुर्घटना

अध्यक्ष ओलीद्वारा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको उपचारमा चासो

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस धादिङको भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा गएराति दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मध्यरातमा भएको सो भीषण दुर्घटनामा ठूलो संख्यामा यात्रुहरु घाइते भएका छन् ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको यस दुखद बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरे । दुर्घटनाको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले घाइते भएका सबै यात्रुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =