ललितपुरमा शनिबार ‘एनसेल एआईटीएम कार्निभल’ हुँदै

ललितपुर । ललितपुरको सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) ‘एनसेल एआईटीएम कार्निभल’ आयोजना हुने भएको छ । युवा लक्षित यस विशेष कार्यक्रममा गीतसंगीतसहित विविध मनोरञ्जनात्मक प्रस्तुति समेटिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वर को आकर्षक सांगीतिक प्रस्तुति रहनेछ । उनीहरूको लाइभ कन्सर्टसँगै अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेल, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । साथै, कार्यक्रममा एनसेलले आफ्नो युवा सिमसम्बन्धी विशेष स्टल राख्नेछ, जहाँ आगन्तुकले विशेष सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।
कार्निभलमा एनसेल प्रमुख प्रायोजकका रूपमा रहेको छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायतका ब्रान्डहरूले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलका आकर्षण रहने जनाइएको छ ।
एआईएटीएम कलेजले यस कार्निभलमार्फत विद्यार्थी तथा युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा उपलब्ध गराउने उद्देश्य लिएको जनाएको छ ।








