एमालेका रामवीर मानन्धर कांग्रेसमा, गगनले गरे स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो । कार्यक्रम गगन थापाको प्रश्नोत्तर सत्रपछि सम्पन्न भएको थियो ।
पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै, एमाले रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेता–कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।










