सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ किनबेच ? 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो ।

बिहीबार सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय ८० रुपैयाँले बढेर तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =