महिला इमर्जिङ टिम्स एशिया कप खेलेर फर्कियो नेपाली टोलीः प्रदर्शनमा सुधार भएको महतोको भनाइ

काठमाडौं । महिला इमर्जिङ टिम्स एशिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।

प्रतियोगितामा अपेक्षाकृत नतिजा नआए पनि नेपाली टोलीको प्रदर्शनमा उल्लेख्य सुधार देखिएको र यसले आगामी दिनका लागि ठूलो पाठ सिकाएको टोलीकी उपकप्तान पूजा महतोले बताइन् ।

महतोकाअनुसार ठूला टोलीका प्रशिक्षकहरूले समेत नेपालको खेलमा आएको सुधारको प्रशंसा गरेका थिए । प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ सँग ३० रनको र युएईसँग १८ रनको चुनौतीपूर्ण हार व्यहोरेको थियो भने भारत ‘ए’ सँग ७ विकेटको पराजय सामना गरेको थियो । हारका बाबजुद पनि टोलीको मनोबल उच्च रहेको र सबै खेलाडीले आफ्नोतर्फबाट उत्कृष्ट योगदान दिने प्रयास गरेको महतोले उल्लेख गरिन् ।

उनले भनिन्, ‘ एकदम राम्रो भयो, अनि यो टूर्नामेन्ट हाम्रो लागि एउटा लेसन थियो कसरी हामी अझै ग्रो गर्नसक्छौँ सकेसम्म हामीले आफ्नो तर्फबाट बेस्ट दिन नै ट्राइ गरेको थियौँ अनि एट द एण्ड हामीले राम्रै क्रिकेट खेलेको छ जस्तो लाग्छ। एकदम राम्रो थियो हाम्रो त्यो पाकिस्तानसँग पनि क्लोज म्याच नै भएको थियो युएईसँग पनि क्लोज म्याच नै भएको थियो । एकदम राम्रो लागिरहेको थियो टिमको माहोल एकदम पोजिटिभ थियो अनि सबैले आफ्नो तर्फबाट बेस्ट नै दिन ट्राइ गरिरहेको थियो त्यो नि एज अ लिडर हामी त्यही सोच्छौँ कि हाम्रो टिमबाट सबै प्लेयर्सले आफ्नो तर्फबाट बेस्ट दिने अनि सबै प्लेयरबाट त्यही पोजिटिभ इन्टेन्ट देखिरहेको थियो । एकदम राम्रो थियो अब इन्डिया ए पाकिस्तान ए जस्तो ठूलो ठूलो टिमसँग खेल्न मौका पाएको थियो अनि सबैजना अम्पायर्सहरुले पनि अनि अदर्स टिम्सहरुले पनि भनिरहेको थियो कि एकदम इम्प्रुभमेन्ट चाहीँ देखिरहेको छ नेपाल टिममा। त्यो हेर्दा चाहिँ खुसी लागिरहेको थियो ।’

टोलीको सकारात्मक माहोल र खेलाडीहरूको दृढ संकल्पले नेपाली महिला क्रिकेटको भविष्य उज्यालो रहेको संकेत गरेको छ । उपकप्तान महतोले आगामी दिनमा यस्ता अवसरहरू पाउँदा टोलीले अझै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरिन् ।

समग्रमा, यो भ्रमण नतिजाका दृष्टिले सुखद् नभए पनि अनुभव र आत्मविश्वासका हिसाबले नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण खुड्किलो सावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =