राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट भोलि, ३० भन्दा बढी विदेशी विश्वविद्यालय सहभागी

काठमाडौं । पुतलीसडकस्थित प्रधान कार्यालय रहेको शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट २०२६’ भोलि फागुन ६ गते (१८ फेब्रुअरी) आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा ३० भन्दा बढी विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।
विदेश अध्ययनको योजना बनाइरहेका नेपाली विद्यार्थीलाई अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाका विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । सहभागी विद्यार्थीहरूले वान–टु–वान काउन्सिलिङ, अन–स्पट प्रोफाइल मूल्याङ्कन तथा सम्भावित एडमिसन अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयबाट ५० प्रतिशतसम्म छात्रवृत्ति अवसरबारे जानकारी दिइनेछ । साथै स्नातक, स्नातकोत्तर तथा उच्च अध्ययनका लागि उपयुक्त गन्तव्य छनोट गर्न व्यक्तिगत मार्गदर्शनसमेत उपलब्ध गराइने बताइएको छ ।
विद्यार्थीका लागि सीमित सिट व्यवस्था गरिएको जनाउँदै आयोजकले समयमै दर्ता गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
विशेष आकर्षण
कार्यक्रममा सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालय प्रतिनिधिहरूसँग परामर्श सत्र, अन–स्पट प्रोफाइल मूल्याङ्कन तथा निःशुल्क विशेषज्ञको सल्लाह लिन पाउने छन् ।
साथै विभिन्न विश्वविद्यालयबाट ५० प्रतिशतसम्म छात्रवृत्ति अवसरबारे जानकारी पाउने तथा अध्ययन गन्तव्य छनोटबारे स्पष्ट मार्गदर्शन लिन सक्नेछन् ।
एउटै छानामुनि बहु–गन्तव्यका विश्वविद्यालयसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरले विद्यार्थीलाई आत्मविश्वासका साथ विदेश अध्ययनको निर्णय लिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
विद्यार्थीका लागि सीमित सिट व्यवस्था गरिएको यस कार्यक्रममा समयमै दर्ता गरी सहभागी हुन आयोजकले आग्रह गरेको छ ।








