दुर्गा प्रसाईंलाई ४ दिन थुनामा राख्न अनुमति
२०८२ फागुन ५ गते

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनी सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ । उनले अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप
छ ।
२०८२ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








