सिस्नेमा प्रचण्डको व्यस्त बिहानी : सहिदलाई माल्यार्पण र स्थानीयको घरमा खाजा

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा रुकुम पूर्वको सिस्नेमा सक्रिय देखिएका छन् । मंगलबार बिहान उनले सिस्ने गाउँपालिका-५ स्थित नेटामा रहेको सहिद स्मृति पार्क पुगेर सहिदका प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा उनले पार्कमा उपस्थित सहिद परिवारहरूसँग भेटघाट गर्दै उनीहरूलाई सम्मान समेत गरे ।

मतदाता भेटघाटका लागि सिस्नेको नायगाड पुगेका प्रचण्ड बिहानै पैदल यात्रा (मर्निङ वाक) गर्दै नेटास्थित सहिद पार्क पुगेका थिए । पदयात्राकै क्रममा उनले स्थानीय जनजीवन र वस्तुस्थितिको जानकारी लिए । उनले स्थानीय टोपबहादुर खत्रीको घरमा पुगेर मकैको रोटी र दूधको खाजा खाए । नेता र जनताबीचको सामीप्यता दर्शाउन उनले स्थानीय परिकार रोजेका हुन् ।

पार्कको अवलोकन र खाजापछि उनले प्वाङ स्वास्थ्य चौकीको समेत निरीक्षण गरे । स्वास्थ्य चौकीको अवस्था र सेवा प्रवाहबारे जानकारी लिँदै उनले स्थानीयको स्वास्थ्य समस्याप्रति चासो देखाए ।

संयोजक प्रचण्डले आजै नायगाडमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यो उनको यस क्षेत्रको पहिलो चुनावी सभा हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =