मुलुकलाई दुर्घटनाबाट जोगाउन काँग्रेसले निर्वाचनमा बहुमत ल्याउनु पर्छः डा. सुनिल शर्मा
२०८२ फागुन ३ गते

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले मुलुकलाई दुर्घटनाबाट जोगाउन आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई बहुमतका साथ विजयी गराउनुपर्ने बताएका छन् ।
आईतवार मोरङकोकानेपोखरी गाउँपालिका वडा नम्बर ५ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता शर्माले काँग्रेस नयाँ नेतृत्वसहित नयाँ मिसन र भिजन लिएर आएकाले पनि काँग्रेसलाई विजयी गराउनुको विकल्प नभएको जिकिर गरे ।
उनले एक महिना अघिबाट काँग्रेसमा नयाँ पुराना दुवै पुस्ताले रुचाएको नयाँ नेतृत्व आएकाले त्यसैलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गरे ।
त्यस अवसरमा नेता शर्माले आफूले सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा ३० वर्षमा पनि अरुले गर्न नसकेको काम गरेर देखाएको दावी समेत गरे ।
२०८२ फागुन ३ गते
प्रतिक्रिया








