सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौंः कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन् ।

आईतवार काठमाडौंमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उनले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताएका हुन् ।

अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताए ।

उनले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताए । ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ । अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र यो यो प्रतिवद्धता पूरा गर्छौ भनेर भन्छौँ’ उनले भने ।

अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 1 =