फागुन ३ मा काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक हुने

काठमाडौँ । नेपाली काँग्रेसले यही फागुन ३ गते (भोलि) पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस केन्द्रीय प्रचार, प्रचार समितिले सो जानकारी गराएको हो ।

पार्टीको तर्फबाट प्रतिज्ञापत्रको रूपमा सो घोषणा पत्र जारी गरिने पार्टीका प्रवक्ता देवराज चालिसेले बताए । उनले घोषणा पत्रमा सार्वजनिक गरिएका कार्यक्रमहरू सम्पन्न गर्ने मितिसहितको प्रतिज्ञा घोषणा पत्रमा समावेशी गरिने पनि बताए ।

प्रवक्ता चालिसेले भने ‘यसअघि घोषणा पत्र मात्र घोषणा पत्रको रूपमा मात्रै जारी भएको नेपाली जनताले महसुस गरे । लामा लामा सपनाहरू ठूल्ठूला कथाहरू जस्तो देखियो । र जनताले ती घोषणा पत्रको बारेमा जुन चासो राख्नुपर्ने हो, त्यो समेत नभएको अवस्था विगतमा देखियो । यस पटक हामीले घोषणा होइन कि प्रतिज्ञा पत्र ल्याउँछौ । जो फरक छ । हामीले प्रतिज्ञाको सन्दर्भमा यो घोषणा गर्दैछौँ । यति हामी काम गर्न सक्छौँ, यति हामी गर्छौँ गर्न सक्छौँ र गर्छौँ भन्ने कुरा पिरियडीकल्ली हुन्छ । हाम्रा सभापतिजीले भनिसक्नुभएको छ–बेला मौकामा ती कति काम भए, त्यसको चेकलिष्ट नै लिएर आउने कुरा पनि उहाँले गर्नुभएको छ । यसको अतिरिक्त घोषणा पत्रमा हरेक वर्ष के हुने भन्नेकुरा पनि घोषणा गरिने छ । र विशेष गरी यस बारेमा सभापतिजीले भिडियो सन्देशमार्फत पनि सन्देश दिइरहनुभएको छ । भोली त्यो डिटेलमा तपाईँहरूले पाउनुहुनेछ ।’

नेपाली काँग्रेसले घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु पूरा गर्नका लागि समयसीमासहितको कार्यतालिका घोषणा पत्रमा उल्लेख गरिने जनाएको छ । प्रवक्ता चालिसेले काँग्रेस बदलिएको र त्यसले प्रतिज्ञा गरेका विषयहरू तोकिएको समय भित्र सम्पन्न गर्ने हुने गरी घोषणा पत्र ल्याउन लागिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =