सूचना वर्गीकरणमा मुख्यसचिव उदासीन: प्रमुख सूचना आयुक्त आचार्य

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचनाको हकसँग बाझिएका कानुनहरूको अध्ययन सुरु गरिएको बताएका छन् ।

आयोगले नेपाल सरकारसँग बजेट मागेर अध्ययन प्रक्रिया अघि बढाएको बताउँदै सूचनाको वर्गीकरण गर्नेबारे मुख्यसचिवले चासो नदेखाएको गुनासो गरेका हुन् ।

आचार्यकाअनुसार सूचनाको हकसम्बन्धी कानुनले सूचना दिनुपर्ने व्यवस्था गरे पनि केही विषयमा सूचना नदिन सकिने प्रावधान समेत रहेको छ । त्यस्ता सूचनाको स्पष्ट वर्गीकरण आवश्यक रहेको उनले बताए । नदिने सूचनाको सूची तयार गर्ने जिम्मेवारी कानुनले नेपाल सरकारका मुख्यसचिवलाई दिएको बताउँदै उनले तर मुख्यसचिवले यस विषयमा चासो नदेखाएको आरोप उनले बताए ।

आफूले नेतृत्व सम्हालेपछि मुख्यसचिवलाई सूचना वर्गीकरण गर्न आग्रह गरे पनि कुनै पहल नभएको उनको भनाइ छ ।

मुख्यसचिवबाट पहल नभएपछि आयोगले संघीय सरकारअन्तर्गतका मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय तथा संवैधानिक निकायहरूलाई पत्राचार गरी सूचना वर्गीकरणको अधिकार सम्बन्धित निकायमै रहेको जानकारी गराएको आचार्यले बताए ।

आचार्यले भने ‘राष्ट्रिय सूचना आयोगले नेपाल सरकारसँग बजेट नै मागेर सूचनाका हकसँग बाझिएका कानुनहरूको अध्ययन प्रारम्भ गरेको छ । कतिपय सूचनाको हकसम्बन्धी कानुनले सूचना प्रवाह गर्न भनिरहँदा त्यहाँ कतिपय विषयमा सूचना प्रवाह गर्न बाध्य हुनेछैन भन्ने पनि छ । त्यस्ता वस्तुहरूको वर्गीकरण हुन जरुरी छ । सूचनाको वर्गीकरण गरेर दिने र नदिने छुट्याउनुपर्छ । खासगरी नदिने सूचनाको सूचि तयार गरेर राख्नुपर्ने सूचनाको हक सम्बन्धी कानुनले भनेको छ । कानुनले त्यसको दायित्व नेपाल सरकारको मुख्यसचिवलाइ दिएको छ । नेपाल सरकारको मुख्यसचिवलाई यो विषयमा कुनै रुचि र चासो छैन । म सूचना आयोगमा नेतृत्व गर्न आएपछि मैले आफैँ मुख्य सचिवलाई सूचनाको वर्गीकरण गरिदिन भने । कानुनले नै मुख्यसचिवलाई जिम्मेवार बनाउँछ भन्दा उहाँले चासो दिनुभएन । मुख्यसचिवले चासो नदेखाएपछि सूचना आयोग आफैँले संघीय सरकार मातहतका मन्त्रालय, कार्यालय, विभाग र सुरक्षा निकायसहित संवैधानिक निकायहरूलाई पत्राचार गरेर अब सूचनाको वर्गीकरण गर्ने अधिकार तत्का निकायहरूलाई नै छ भनेर भनेको छ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले पारदर्शिता, समान सूचना पहुँच र कानुनी स्पष्टतामार्फत सुशासन सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =