रेखा थापाको युवाहरूलाई सन्देश- ‘Soulmate आफ्नै हातमा हुन्छ’ (भिडिओ)

काठमाडौँ । अभिनेत्री रेखा थापाले सोलमेट आफ्नै हातमा हुने बताएकी छन् ।
आज मङ्गलवार युवाहरूलाई लक्षित गर्दै मकालुखबरसंगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
उनले जोडी भगवान्ले स्वर्गबाटै बनाएर पठाएका हुन्छन् भनेर सानैदेखि आफूले धर्मशास्त्रमा सुन्दै आएको बताइन् । उनले धर्ममा सद्भाव, सम्मान र विश्वास रहेको भन्दै अन्धोभक्त बन्न नहुने विचार व्यक्त गरिन् । उनले कतिपय कुरा व्यवहारिक पनि हुने भन्दै सोलमेटको खोजीमा मान्छेहरू जिन्दगीभर अविवाहित पनि रहला भन्ने चिन्ता व्यक्त गरिन् ।
‘कतिपय कुरा व्यवहारिक पनि हुन्छ, कर्मको कुरा पनि हुन्छ । सोलमेटको खोजीमा मान्छेहरू जिन्दगीभर अविवाहित पनि रहला । कहिले कहीँ सम्बन्ध आफैले पनि जोड्न र बनाउन सक्नुपर्छ । आमा–बुबा त रोजेर पाइँदैन तर साथी र जीवनसाथी त रोजेर पाइने भयो नि त ।’ उनी भन्छिन् ।
हेर्नुहोस् रिलेसनसिप र मायाका विषयमा रेखा थापाको स्पष्ट सन्देश:








