पर्यटक उम्मेदवारले नागरिकलाई न्याय गर्न सक्दैनन्: रेखा थापा

काठमाडौं । अभिनेत्री तथा राजनीतिकर्मी रेखा थापाले बाहिरबाट आएका उम्मेदवारले स्थानीय नागरिकलाई न्याय दिन नसक्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले ‘पर्यटक उम्मेदवार’ लाई मत दिनु गल्ती हुन सक्ने तर्क गरेकी हुन् ।

‘हामीले परिवर्तनको नाममा पर्यटक उम्मेदवारहरूलाई जिताउनु हाम्रो भूल हुन सक्छ,’ उनले लेखेकी छन् ।

थापाले अघिल्लो निर्वाचनका बेला आफूले भोगेको अनुभव पनि स्मरण गरेकी छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेकी थिइन् । त्यतिबेला आफूलाई ‘पर्यटक उम्मेदवार’ भनिएको उल्लेख गर्दै उनले त्यसलाई अहिलेको सन्दर्भसँग जोडेर प्रस्तुत गरेकी छन् ।

‘सम्झनुहोस्, टुरिस्टले आएर स्थानीयको आँसु पुछ्न सक्दैन। आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे चाहिन्छ भन्नु भएको थियो मलाई,’ थापाले भनेकी छन् ।

रेखा थापा गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी थिइन् । उनले १० हजार ९९८ मत प्राप्त गरेकी थिइन् । मोरङ–३ बाट नेपाली कांग्रेसका सुनिल शर्मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =