चार हजार १ सयले बढ्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला रु चार हजार एक सयले बढेर रु तीन लाख चार हजार ६०० पुगेको छ ।

साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु २४० ले बढेर रु पाँच हजार २५० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =