देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।

देउवाको सचिवालयले उनी कुनै पनि चुनावी सभा वा कार्यक्रममा जाने कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा सक्रिय हुने उल्लेख गर्दै समाचार प्रकाशित भएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । ‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन,’ देउवाको सचिवालयले जनाएको छ ।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन भएको थियो । त्यसयता देउवा पार्टीका नियमित गतिविधिमा संलग्न छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =