गोकुल बास्कोटाको आशंका– ‘फेरि गम्भीर गडबडीको खिचडी पाक्दैछ’

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले विभिन्न आशंका सार्वजनिक गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत दैनिकजसो राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएका छन् । यसै क्रममा उनले आइतबार ‘फेरि गम्भीर गडबडी’ हुने आशंका देखिएको दाबी गरेका छन् ।

‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा व्याप्त,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाहा छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र व्यक्तिभन्दा जहिल्यै माथि नरहेसम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै ।’

आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण २०८४ मा हुनुपर्ने निर्वाचन फागुनमै तय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =