हलोले नै देश जोगाउँछ : कुन्ती पोखरेल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले अवरुद्ध विकास निर्माणका कामहरू पूरा गरेरै छोड्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । चुनावी घरदैलोका क्रममा स्थानीयको समर्थन पाएपछि उम्मेदवार पोखरेलले यसपटकको जित देशकै जित हुने बताउँदै ‘हलो’ चिह्नमा मतदान गर्न अपिल गरेकी हुन् ।

उनले स्थानीय युवा क्लब र विकास निर्माणका कामहरू अघि बढाउने बताइन् । घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा क्लबका सदस्यहरूसँगको भेटमा पोखरेलले विगतमा आफूलाई अदृश्य रूपमा सहयोग गरिरहेका युवाहरू अहिले प्रत्यक्ष रूपमा साथ दिन सडकमा आएको देख्दा खुसीले आँसु झरेको बताइन् । पोखरेलले आफ्नो क्षेत्रमा विकास निर्माणका काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गरिन् । उनले क्लब बनाउनका लागि निर्माण सामग्री झारिसकेको अवस्थामा पनि ‘अत्याचारपूर्वक’ काम रोकिएको बताइन् । उनले जित वा हारभन्दा माथि उठेर जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाइन् । राप्रपाको चुनाव चिह्न ‘हलो’ को धार्मिक र सांस्कृतिक महत्वलाई जोड्दै पोखरेलले माता सीताको उदाहरण दिइन् । जसरी हलो जोत्दा सीता माताको उत्पत्ति भएको थियो, त्यसरी नै काठमाडौं क्षेत्र नम्बर २ बाट हलोले जित हासिल गर्ने उनको दाबी छ । उनले यसपटकको जितलाई व्यक्तिगत नभई समग्र देश र व्यवस्था परिवर्तनको जितका रूपमा उल्लेख गरिन् ।

उनले भनिन्, ‘यहाँ मन्दिर छिर्दै गर्दा मलाई जुन क्लबहरू यहाँ साथीहरू भेट भयो त्यो शब्दमा बयान गर्दिन । मेरो आँसु नै झर्यो के । ती साथीहरू मैले भेट्न खोजिरहेको साथी हो । सँगै हिँडिरहेको छु तर क्लबको साथी दाइ भन्ने मलाई थाहा थिएन । दाइ मेरो आँसु नै झर्यो । यति पहिला पनि भेट नहुँदाखेरि उहाँहरूले सहयोग गरिराख्नुभएको थियो र अहिले पनि प्रत्यक्ष रूपमा हिँडेरै साथ दिन्छु भनेर आउनुभएको छ । यो बहिनीको तर्फबाट हृदयदेखि नै हार्दिक हार्दिक धन्यवाद । मैले हजुरहरूलाई वचन दिन्छु पहिला पनि चुनाव हारे नि जिते नि म गर्छु भनेको छु । सबै ठाउँमा गरेको छु र यहाँ पनि गर्छु भनेको कुरा मैले यहाँ क्लब बनाउन नि सामानहरू नि झारिसके तर केही कारणवश अत्याचारपूर्वक त्यो रोकिएको थियो त्यहाँ बनाउन क्लबहरू । त्यो मैले वाचा हजुरहरूलाई दिन्छु त्यो बनेरै छाड्छ बन्छ यो अधिकारको विषय हो हाम्रो । यसपालि मेरो जित होइन यो देशको जित हो । यहाँ मात्रै हामीले जितेर होइन अधिराज्यभर जित्नुपर्ने अवस्था छ । अहिले म धेरै कुरा नबोलिकन यसपालि दुई नम्बर क्षेत्रमा हलो गर्छ गर्छ । सीता मातालाई जसरी हलोले निकालेको थियो नि यो क्षेत्रबाट जित हासिल जसरी नि गरिन्छ र अहिले यहाँबाट नि म हाम्रा आदरणीय अहिले नै हुनेवाला प्रधानमन्त्री राजेन्द्रप्रसादज्यू हुनुहुन्छ र हजुरहरूलाई फेरि पनि हार्दिक हार्दिक अनुरोध गर्दछु यसपालि सहयोग गर्दिनुस् । के गर्नुपर्छ तपाईँहरूले बुझिराख्नु भएको छ म जिते नि हारे नि यही सडकमा छु । हारेको यो तीन वर्ष मैले जति पनि चुनावमा गरेका वाचाहरू सबै पूरा गरेकी छु । त्यही भएर शिर ठाडो गरेर म हजुरहरूको सामुन्ने बोल्न नि सकेकी छु नि ।’

नेतृ पोखरेलले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा चित्रण गर्दै देश बनाउन राप्रपालाई जिताउनुपर्नेमा जोड दिइन् । उनले विगत तीन वर्षमा चुनाव हारेर पनि जनताका माझ गरेका वाचाहरू पूरा गरेको स्मरण गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =