रास्वपाका उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु*

काठमाडौं । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट अन्दाजी ४ वर्षीया एक बालिकाको ज्यान गएको छ ।

स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार आलम र चालक घटनास्थलबाट फरार भएका छन् । ठक्कर दिने गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी नियन्त्रणमा लिइए पनि गाडीमा सवार व्यक्ति र चालक फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।–सच्चाइएको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =