प्रधानमन्त्री कार्की र ओलीबीच भेट, दुई घण्टा छलफल
२०८२ माघ २२ गते

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब दुई घण्टा लामो छलफल भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहान ९ बजे बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि पनि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच पुस २४ गते भेटवार्ता भएको थियो ।
२०८२ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








