आसन्न निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने सरकारको अनुमान

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् ।

सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन् । उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् ।

उनले हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताइन् ।

उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् । यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =