तोलामा १४ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार २३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८०१ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =