निर्वाचनको वातावरण बनाउन आवश्यकता छः नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताएकी छन् ।

मंगलवार काठमाडौँमा आयोजित निर्वाचन सम्बन्धी विज्ञहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उपसभापति भुसालले राजनीतिक दलहरू भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पारिन् । उनले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताइन् ।

उनले भनिन् ‘सबै पार्टीहरूले उम्मेदवार तय गरेर निर्वाचनमा होमिइसकेको र निर्वाचनका लागि संरचना बनाई सकेको र त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरू निर्वाचनमा गइसकेको अवस्थामा छ । राजनीतिक दलहरू चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । हामी धेरै चोटि निर्वाचन लडिसकेको अवस्थामा उम्मेदवारले त्यसको अपेक्षा सरकारबाट पनि गर्छ, निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो । संविधान संशोधन यो निरन्तर संवादमा जाने प्रक्रिया हो । समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अव नयाँ बन्ने पार्लियामेन्टले त्यसको जिम्मेवारी लिन्छ ।’

उपसभापति भुसालले काँग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =