निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिए: खिमलाल देवकोटा

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् ।
नेपाल कानुन समाजले मंगलवार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले पुराना दलहरूमा नै उत्साहित देखिएको बताएका हुन् ।
उनले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी गरे । डा. देवकोटाकाअनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन । जेन–जी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठुलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उनको दाबी छ ।
डा। देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाए ।
उनले भने ‘पुराना दलहरू सबै फिल्डमा छन् । उनीहरूको उत्साह मैले नयाँ दलहरूको भन्दा कम देखेको छैन । बरु नयाँ दलहरू चाहिँ विभाजित जस्तो, कोही बिरामीजस्तो । कतै चाहिँ कोलिसन गरौँ गरौँ भनेर प्रयत्न गरेजस्तो देखिन्छ । जे ढंगले जेन–जी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर नयाँ दलमा चाहिँ असाध्यै बढी निराशा बरु देखिरहेको छ । पुराना दलहरूको बरु ८र१० लाख कमिटीहरू छन्, ज्ञारेन्टेड मतदाताहरू छन् । तर नयाँ दलहरूको लागी तिनको आधार केहो रु संगठन के हो ? सदस्यको आधार के हो ? भन्नेमा चाहिँ आंशका छ ।’
उनले सबै राजनीतिक दलहरू चुनावी मैदानमा होमिइसकेकोले निर्वाचन हुनेका भने कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताए । निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँधली भएको भन्ने आरोप लगाउने चलन पनि पुरानै रहेको बताए ।








