रास्वपालक्षित घनश्याम भुसालको टिप्पणी- मुलुकलाई निकास दिने कुनै एजेण्डा छैन

काठमाडौँ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गरेका छन् ।

शुक्रवार विराटनगरमा स्थानीय सञ्चारकर्मीमाझ उनले सो दाबी गरेका हुन् ।

कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरूमा पनि नदेखिएकाले मुलुक दुर्घटनातर्फ नै उन्मुख रहेको बताए ।

उनले नयाँ राजनीतिक दलहरूलाई नालायक भएकाले यसबाट पनि जनताले कुनैपनि खालको अपेक्षा गर्ने अवस्था नभएको जिकिर गरे ।

कार्यवाहक अध्यक्ष भुसालले भने ‘मैले राजनीतिक रूपमा मात्रै भन्छु–पुराना पार्टीहरू, जो दलाल पुँजीवादीसँग, विचौलियातन्त्रसँग उनीहरूले लगनगाँठो गाँसेका थिए । त्यो संकट जेन्जीका रूपमा आएको हो । त्यो भन्दा अघि नै ।हामीले अनेक संकट व्यहोर्दै आएका छौ । यो पुनरुत्थानवादले वा पूर्व राजा ज्ञानेन्द्र शाहले एकचोटी चुनौती खडा गरे । त्यो एक हिसाबले राज्यले सामना गयो । तर उसले जेनजीको घटनालाई सामना गर्न सकेन । यी पार्टीहरूबाट हामीले अपेक्षा गर्ने अवस्था भएन । यो देश दुनियाँले बुझिनै सकेको छ । यसबाट भएन भने लायकहरू त कोही न कोही आउनु पर्दथ्यो । उनीहरू पनि नालायक भए । तिनीसँग पनि विचार छैन, एजेण्डा छैन । यसकारण मुलुक हुने त दुर्घटना नै हो ।’

कार्यवाहक अध्यक्ष भुसालले पुरा दलहरूले दलाल पुँजीवादीहरूको सेवा गरेकाले त्यसका विरुद्ध जेन—जी आन्दोलन भएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =