लैनचौरस्थित सहिद स्मारक पार्कमा सहिदहरूको सम्झनामा माल्यार्पण (तस्बिरहरू)

काठमाडौँ । देशभर विभिन्न कार्यक्रम गरी सहिदहरूको स्मरण गरिएको छ ।

सहिद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरेर सहिदहरूको स्मरण गरिएको हो ।

ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।

शहीद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका लागि राणाकालीन तथा अन्य आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ लगायत) को सम्मानमा कार्यक्रम गरिन्छ ।

माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइन्छ । आजको कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प दोहो¥याएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =