सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ ।

त्यसैगरी समितिले पुरानो संसद् भवन प्रबलीकरणमा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको समितिका सभापति शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =