तपाईंहरुले जिताइसक्नुभयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै हो : सुनिल शर्मा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले काँग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएका हुन् ।

उनले अब युवा काँग्रेस, विपी कोइरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक काँग्रेस बनिसकेको बताए । उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी काँग्रेसलाई मतदान गर्न आह्वान गरे । बदलिएको काँग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए । उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए ।

उनले भने, ‘मत मलाई दिनुहुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नुपर्छ । मत बढाइदिनुपर्छ । पहिला तीन नम्बर बनाइदिनु भयो अब एक नम्बर बनाइदिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरुले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरुले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् । अब बदलिएको काँग्रेस, युवा काँग्रेस, विपी कोइरालाले परिकल्पना गर्नुभएको काँग्रेस, समावेशी काँग्रेस, लोकतान्त्रिक काँग्रेस, डेमोक्रेटिक काँग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसिहाँसिकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरुका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरुले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरुको बीचमा छ ।’

उनले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =