विश्वकप अघि नेपालले यूएई र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरण अघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ ।

आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको अनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ र क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । यूएईसँगको खेल फेब्रुअरी ३ को साँझ ५:१५ बजे, र क्यानडासँगको खेल फेब्रुअरी ५ को दिउँसो सवा १ बजे चेन्नईस्थित एमए चिदाम्बरम रंगशालामा हुनेछ ।

त्यसअघि नेपाली टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल खेल्ने तालिका बनाइसकेको छ ।

आईसीसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज, र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग आफ्नो खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =