पूर्वराजा शाहद्वारा जनकपुरधामको जानकी मन्दिरको दर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रवीर विक्रम शाहले सोमवार जनकपुरधामस्थित जानकी मन्दिरमा सपरिवार पूजापाठ गरेका छन् ।

पूर्वराजा शाह आईतवार साँझ सडक मार्गबाट जनकपुरधाम पुगेका थिए । सोमवार दिउँसो उनले जानकी मन्दिरको साथै राम मन्दिरको पनि भ्रमण गरी विशेष पूजाअर्चना गरेका हुन् ।

मन्दिर प्रांगणमा पूर्वराजाको स्वागतमा ठूलो संख्यामा राजावादी समर्थकहरूको उपस्थिति रहेको थियो । समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । यो भ्रमण निजी तथा धार्मिक उद्देश्यले भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =