भन्सार प्रशासनलाई राजश्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन: सचिव घिमिरे

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजश्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवर्द्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्त्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताएका हुन् ।

सचिव घिमिरेले हाल भन्सार सुधार तथा आधुनिकीकरण रणनीति तयार हुँदै गरेको बताउँदै वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा दीर्घकालीन आधुनिकीकरण र रणनीतिमा कम ध्यान गएको जस्तो देखिएको टिप्पणी गरे । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्ने उनले बताए ।

सचिव घिमिरेले भने ‘भन्सार प्रशासन भनेको केबल राजस्व उठाउने निकाय होइन । बोर्डरको नाका सुरक्षा, व्यापारको सहजीकरण, जनस्वास्थ्यको प्रवर्द्धन गर्ने, आपूर्ति श्रृखलालाई व्यवस्थित बनाउने महत्त्वपूर्ण निकाय हो । भन्सार सुधार तथा आधुनिकीकरण रणनीति बन्दै छ । वार्षिक कार्यक्रम र माइलस्टोनमा बढी फोकस हुँदा आधुनिकीकरण र रणनीतिमा अलि कम ध्यान दिएको हो की जस्तो देखिन्छ । वार्षिक कार्यक्रम र माइलस्टोनका साथसाथै नयाँ रणनीति तर्जुमा गर्नुपर्छ ।’

सचिव घिमिरेले भन्सार ऐनअनुसार नै प्रशासन सजग रहनुपर्ने र निजी क्षेत्र पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । घिमिरेकाअनुसार अब जाँचपास प्रक्रियामा अब ढिलाइ गर्न हुँदैन भने व्यवसायीहरूले पनि भन्सार ऐन मिच्नुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =