राष्ट्रियसभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
२०८२ माघ ११ गते

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सातै प्रदेशमा गरी ९५.६८ प्रतिशत मतदान भएको हो ।
प्रवक्ता भट्टराईले कोसी प्रदेशमा ३४५ मतदाताले मतदान गरेका जानकारी दिए । मधेस प्रदेशमा ३४१ जनाले मतदान गरेका छन् भने वाग्मती प्रदेशमा ३१८ मतदाताले मतदान गरेका छन् ।
गण्डकी प्रदेशमा २२३ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशः २८६ मतदाताले मतदान गरेका भने कर्णाली प्रदेशमा ११९ मतदाताले मतदान गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा २२० मतदाताले मतदान गरेका छन् ।
यस निर्वाचनमा १७ पदका लागि मतदान गरिएको हो । प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष रहने व्यवस्था अनुसार मतदानमा सहभागी भएका थिए ।
२०८२ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








