कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु: राजेन्द्र बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीसँगको आबद्धता समाप्त गर्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले केही व्यक्तिका कारण आफूले निर्दोष कांग्रेस छाड्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।
बजगाईंले लेखेका छन्, ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु ।’ उनले आफ्नो राजनीतिक र सामाजिक यात्रामा धेरै पटक मृत्युको मुखबाट जोगिएको, धेरैलाई सन्तानको सुख दिलाएको तथा कैयौँको जीवन जोगाएको उल्लेख गरेका छन् ।
तर, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो,’ भन्दै उनले पार्टीभित्रकै केही व्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
यस्तो छ उनको स्टाटस
धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी-गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ, एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नै पर्ने भयो।








