लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी
२०८२ माघ ११ गते

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता/अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा छन् भने अन्य दलका उम्मेदवारहरूले पनि उम्मेदवारी दिएका छन् । कुल ८ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।
२०८२ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








