सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख एक हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =