स्थानीयहरू भन्छन्- मोरङ ३ मा सुनिल शर्माको विकल्प छैन

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान सुरु गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका शर्माले चुनावी प्रचारप्रसारको लागि घरदैलो अभियान सुरु गरेका हुन् ।

यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद भएका शर्मा फेरि सांसद बन्ने दौडमा छन् । यहाँका जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठुलो योगदान रहेको यहाँका स्थानीयहरू बताउँछन् । निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठुलो योगदान दिएको उनीहरूको भनाई छ । डा शर्माले यहाँका स्थानीयहरूको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरूको भनाई छ ।

नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा. शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताइन् । यसपटक अरू उम्मेदवारले नउठे पनि हुन्थ्यो नि जस्तो आफूलाई लागेको पनि उनको भनाई छ । मृत्युको मुखमा पुगेका बिरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उनले यहाँभन्दा ठुलो धर्म अरू केही नहुने बताइन् ।

उनले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताइन् । सुन्दरहरैचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताइन् । आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसङ्ग निकाल्दै उनले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताइन् ।

देविमाया ढकालले सुनिल शर्माले सबै गरिबहरूको निःशुल्क उपचार गरिदिएको बताइन् । सोही कारण आफूहरूको रोजाई डा शर्मा नै हुने उनको भनाई छ । अरुणकुमार पण्डितले नयाँ उम्मेद्वारहरु आए पनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताए । यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उनको भनाई छ ।

स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बताए । स्थानीयहरू सबै डा. शर्मालाई नै जिताउने पक्षमा रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =